यी १५ देशमा छन् सबैभन्दा धेरै कोरोना संक्रमित (विवरणसहित)

हाल विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४३ लाख नाघेको छ भने हालसम्म १ लाख २१ हजार बढीले ज्यान गुमाइसकेको छ।
यस्तोमा सबैभन्दा धेरै प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा अहिलेसम्म ७४ लाख ६१ हजारमा संक्रमण पुष्टि भएको छ ।

यस्तै भारतमा ६३ लाख ६८ हजार, ब्राजिलमा ४८ लाख २० हजार, रसियामा ११ लाख ८५ हजार, कोलम्बियामा ८ लाख २९ हजार, पेरुमा ८ लाख १४ हजार संक्रमित रहेका छन् ।

यसैगरी स्पेनमा ७ लाख ७८ हजार, अर्जेन्टिनामा ७ लाख ५१ हजार, मेक्सिकोमा ७ लाख ४३ हजार, साउथ अफ्रिकामा ६ लाख ७४ हजार, फा्रन्समा ५ लाख ६३ हजार, चिलीमा ४ लाख ६२ हजार र इरानमा ६ लाख ६१ हजार संक्रमित रहेका छन् ।
ओर्ल्डोमिटर्सका अनुसार बेलायतमा हालसम्म ४ लाख ६० हजारको हाराहारीमा संक्रमित रहेका छन् भने संक्रमितको हिसावले १५ औ स्थानमा रहेको इराकमा ३ लाख ३७ हजार हाराहारीमा संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?