प्रदेश १ मा १८२ कोरोना संक्रमित थपिए

appharu
0
Shares

पछिल्लो २४ घण्टामा प्रदेश १ मा तीन जनाको कोरोनाबाट मृत्यु र १८२ जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा सुनसरीका दुई पुरुष र मोरङकी एक महिला रहेका छन् ।

यसप्रदेशमा कोरोनाबाट हालसम्ममा ७४ जनाको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज थपिएका सङ्क्रमितमा ६० महिला र १२२ जना पुरुष रहेका छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा ९८ जना मध्ये विराटनगरमा ६८, सुनसरीमा ६८, झापामा सात, ताप्लेजुङ र भोजपुरमा एकएक तथा प्रदेश बाहिरका सात जना रहेका छन् ।

हालसम्ममा यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९८० पुगेको छ भने आज विभिन्न स्थानबाट १७४ जना निको भएर घर फर्किएका छन् । यसप्रदेशमा कोरोनाको उपचार पछि घर फर्कनेको सङ्ख्या तीन हजार २७२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९७८ जना सहित एक लाख २४ हजार ७२३ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?