मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि, यस्तो छ सुदूरपश्चिमको थप विवरण

appharu
0
Shares

सेती प्रादेशिक अस्पताल धनगढीको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएकी कैलालीको गोदावरी नगरपालिका वडा १२ की एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बुधवार राती मृत्यु भएकी ३०वर्षीया महिलाको मृत्यु पछि लिइएको स्बावको नमूना परीक्षण गर्दा आज कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
निमोनियाको समस्या देखिएपछि उनीलाई बुधवार विहान अस्पतालको आकस्मिक कक्ष भर्ना गरिएको थियो । यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणवाट मृत्यु हुनेको सङ्ख्या १७ जना पुगेको छ । असोज महिना शुरु भएसँगै प्रदेशमा कोरोना सङ्क्रमितको मृत्यु दर बढेको छ ।

सेती प्रादेशिक अस्पतालको कोभिड—१९उपचार विभागका प्रमुख डा।शेरबहादुर कमरले दीर्घ रोगी र बढी उमेरका व्यक्ति सङ्क्रमित हुने सङ्ख्या बढ्दै जाँदा मृत्यु दर पनि बढ्न थालेको बताए ।

सो अस्पतालको सघन उपचार कक्षमा तीन जना र आइसोलेशनमा २० जना सङ्क्रमित उपचाररत रहेका छन् । पछिल्लो १४दिन यता कैलालीमा तीन , र अछाम, डडेलधुरामा एक÷एक जना समेत पाँच जनाको मृत्यु भएको छ । यस वाहेक कैलालीका सङ्क्रमित थप एक व्यक्तिको केही दिन अघि चितवन अस्पतालमा मृत्यु भएको थियो ।

प्रदेशमा हाल सम्म कैलाली जिल्लाका नौ जना,अछाम, बझाङ,र बाजुराका दुई÷दुई जना र डडेलधुरा र बैतडीका एक÷एक जना सङ्क्रमितको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार, प्रदेशमा बुधवार एकै दिन अहिले सम्मकै सबै भन्दा बढी १९६जनामा र पछिल्लो २४घण्टामा थप ३१जनामा सङ्क्रमणको पुष्टि भएको छ । यो समेत कूल सङ्क्रमित सात हजार ३७६ जना पुगेका छन् ।

लक्षण भएका सक्रिय सङ्क्रमित बिरामी पनि पछिल्ला दिनमा बढ्दै गएका छन् । यही असोज १गते ८०२जना सक्रिय सङ्कमित बिरामी रहेकोमा यो सङ्ख्या आज एक हजार १५७पुगेको छ ।

कोरोनाबाट सबै भन्दा बढी प्रभावित प्रदेशको राजधानी जिल्ला कैलालीमा सक्रिय सङ्क्रमित बिरामी ६६७ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?