चितवनमा कोरानाबाट पुरुषको मृत्यु

चितवन । चितवनमा थप एक जनाको कोरोना संक्रमणबाट आज मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं ११ का ५५ वर्षीय पुरुष रहेको नगर प्रमुख प्रभा वरालले जानकारी दिए ।

उनका अनुसार क्यान्सरको समस्याका कारण अस्पताल भर्ना भएका ती पुरुषलाई अन्तिम अवस्था जनाउँदै अस्पतालले बुधवार घर फर्काएको थियो ।

मृत्युपछि आएको पिसिआर नतिजामा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै चितवनमा कोरोना संक्रणबाट मृत्यु हुनेको सङ्ख्या २१ जना पुगेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?