भक्तपुरमा एक पुरुषको कोरोनाबाट मृत्यु

भक्तपुर । भक्तपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना संक्रमणबाट आज मृत्यु भएको छ ।

खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि सप्तरीका ४८ वर्षीय ती पुरुष यही असोज १२ गते अस्पतालमा भर्ना भएका थिए ।

उपचारका क्रममा उनको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा. सुनिल ढुंगेलले जानकारी दिए ।

संक्रमण पुष्टि भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । ती पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको डा ढुंगेलले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?