आमाको दूधले नष्ट गरिदिन्छ कोरोना भाइरस !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै विश्वमा हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

Covid-19

वैज्ञानिकहर कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता भने हात लाग्न सकेको छैन ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

Covid-19

यसैबीच चीनका रिसर्चर्सले एक अध्ययन मार्फत कोरोना भाइरसलाई आमाको दूधले नष्ट गरिदिने गरेको रहस्य पत्ता लगाएका छन् ।

यो भन्दा पहिला पनि स्वास्थ्य अधिकारीहरुले यसको आमाको दूधले कोरोना नष्ट हुने गरेको बताएका थिए ।

Covid-19

वैज्ञानिकहरुले ब्रेस्ट फीडिंगबाट पनि कोरोना संक्रमण फैलिने बताएका थिए । तर विश्व स्वास्थ्य संगठनले कोरोना पोजेटिभ भए पनि बच्चलाई दूघ खुवाउने काम जारी राख्न बताएको थियो ।

एक रिपोर्टका अनुसार रिसर्चर्सले स्टडीको समयमा ह्यूमन सेल्स र जनावरको सेल्समा आमाको दूधको परीक्षण गरेको थियो । विभिन्न प्रकारका सेल्समाथि परीक्षणमा आमाको दूधले कोरोना भाइरस नष्ट गर्ने बताएका छन् ।

Covid-19

बेइजिङ यूनिभर्सिटीका प्रोफेसर टोन्ग यीग्यांगले आमाको दूधले अट्याच्मेन्ट ब्लक गर्ने गरेको बताएका छन् । रिसर्चमा ४६ जना महिलामाथि अध्ययन गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?