बजाजको नयाँ ‘एभेन्जर स्ट्रीट १६० एबीएस’ अब नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा बजाजको नयाँ मोटरसाइकल एभेन्जर स्ट्रीट १६० एबीएस भित्रिएको छ ।

बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले आजदेखि बिक्री शुरु हुने गरि नेपालमा एभेन्जर स्ट्रीट १६० भित्र्याएको हो ।

३ लाख १९ हजार ९ सय रुपैँया मूल्य निर्धारण गरिएको उक्त मोटरसाइकलमा १६०सीसी डीटीएस-आई इन्जिनद्वारा संचालित हुने १६०ः१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन हुने गरि बजाज कम्पनीले निमार्ण गरेको छ । साथै यसमा ५-स्पीड म्यानुअल ट्रान्समीसन पनि प्रयोग हुने गरि यसलाई डिजाइन गरिएको छ ।

नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा रहेको छ । यसमा रोड स्टर डिजाइनको हेडल्याम्प रहेको छ र यसमा शहर र हाईवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रीट कन्ट्रोल ह्यान्डलबारहरु पनि जडान गरिएको छ ।

सुरक्षालाई सधै प्रथमिकतामा राख्ने बजाज कम्पनीले एभेन्जर स्ट्रीट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेकको पद्धती जडान गरेको छ । एभेन्जर स्ट्रीट १६०मा १६०.४ सि सि को सिङ्गल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसमा डिजिटल प्रविधि सहित इन्जिन किल स्वीच , पिलियन सिट, गीएर इन्डिकेटर, लो र्बोटरी इन्डिकेटर फ्युल इन्डिकेटर जस्ता पद्धतीहरु जडान गरिएको छ । उक्त मोटरसाइकलमा टेलिस्कोपिक र्फोक अप र्फन्ट सस्पेन्सन र डुवल सक एवर्जवर रियर सस्पेन्सन पनि जडान गरिएको छ ।

ब्रेकका इकाईहरु मानकको रुपमा एकल च्यानल एबीएस संगै रहेको यस्को आर्के फिचर हो ।

नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलरमा असोज १५ गतेदेखि देशभर उपलब्ध भएको छ । बजाज कम्पनीले एभेन्जर स्ट्रीट १६०ले पूर्ण दक्ष अवस्थामा ४५ किलो मिटर प्रति लिटरको माइलेज दिने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?