राहुल गान्धी र प्रियंका गान्धी गिरफ्तार, मुक्का खाएर जमीनमा लडे राहुल गान्धी

काठमाडौं । हाथरस सामूहिक बलात्कार केसमा बिहीवार दिल्लीबाट हाथरस गईरहेका कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धीलाई उत्तर प्रदेश पुलिसले गिरफ्तार गरेको छ ।

ग्रेटर नोएडा नजिकैबाट उनीहरुलाई गिरफ्तार गरिएको हो । उत्तर प्रदेश पुलिस र कांग्रेसका कार्यकर्ताको बीचमा झडप भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उक्त क्रममा राहुल गान्धी धक्का दिँदै मुक्का हानेका बेला जमीनमा लडेको बताइएको छ ।

हाथरसमा सामूहिक बलात्कार पछि मृत्यु भएकी युवतीका आफन्तलाई भेट्न जाने क्रममा उत्तर प्रदेश पुलिसले उनीहरुको गाडी रोकेको थियो ।

गाडी रोकेपछि हिँड्दै गएका उनीहरुका कार्यकर्तासँग पुलिसको झडप भएको थियो । त्यसपछि उनीहरु दुबैजनालाई गिरफ्तार गरिएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?