काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च हो ।
पछिल्लो २४ घण्टामा थप ९ सय ६१ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितको ७१ दशमलव ९ प्रतिशत हो ।
त्यस्तै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरस संक्रमणको कारण थप ११ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ५ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा १ जना महिला र १० जना रहेका छन् ।
देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया