कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरस संक्रमणको कारण थप ११ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ५ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा १ जना महिला र १० जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ सय ६१ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितको ७१ दशमलव ९ प्रतिशत हो ।

देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुन जिल्लामा कति थपिए मृतक ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?