काठमाडौं । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अनसनरत डा गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका छन् ।
कोरोना भाइरसको जोखिम बढेको कारण अनसन फिर्ता लिनका लागि आग्रह गरेका हुन् ।
चिकित्सका शिक्षा सुधारको माग राख्दै डा केसी लामो समयदेखि अनसन बस्दै आइरहेका छन् ।
चिकित्सकिय सेवाको लागि जुम्ला पुगेका डा केसीले गत भदौ २९ गते जुम्लाबाट अनसन शुरु गरेका थिए । उनको स्वास्थ्यमा समस्या आएसँगै उनलाई काठमाडौं ल्याइएको थियो ।
पछिल्लो समय उनले आफूसँग भएका सहमतिअनुसार प्रदेशस्तरमा खुलेका चिकित्सा शिक्षा अध्ययन संस्थानहरूमा स्रोतसाधन र जनशक्ति पुर्याएर एमबीबीएसको अध्यापन तत्काल सुरु गराइनुपर्ने, मेडिकल कलेज स्थापना नगरिएका प्रदेशमा अविलम्ब त्यसको प्रक्रिया थालिनुपर्ने मागसहित अनसन शुरु गरेका हुन् ।
यो डा केसीको १९ औँ अनसन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया