१६ आश्विन २०७९, आईतवार

दशैंको मुखैमा यात्रु बस दुर्घटना, एकको मुत्यु, घाईतेको उपचार हुँदै

२०७४,आश्विन,१०,मंगलवार १५:१०

0
Shares

धुलिखेल, १० असोज ।काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ शिखर आम्बोटेमा आज साँझ यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बनेपाबाट साझाकोटतर्फ जाँदै गरेको बा ३ ख ३२१५ नं को बस दुर्घटनामा परी बसका सहयोगी नमोबुद्ध नगरपालिका–९ दाप्चा बस्ने २० वर्षीय रेवन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीराज थपलियाले जानकारी दिए ।दुर्घटनामा परी घाइते भएका बसका चालक महाभारत गाउँपालिका बूढाखानीका ३६ वर्षीय मानबहादुर लामालाई उपचारका लागि धुलिखेल ल्याइँदै गरेको प्रहरीले जनाएको छ । बसका सहचालक फरार रहेकोले खोजी भइरहेको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए । सो बसमा तीन जना मात्र सवार रहेको प्रहरीले जनाएको छ ।यसैबीच, आजै बिहान सोही वडाको निङ्गाले भन्ने स्थानमा बोलेरो दुर्घटना हुँदा सात जनाको मृत्यु हुनका साथै ११ जना घाइते भएका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,१०,मंगलवार १५:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको गन्तव्य हो मर्दी हिमाल । झण्डै डेढदशक अघिसम्म मर्दी हिमाल

काठमाडौं । पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँ आएको सङ्केत जनाउदथ्यो । दसैँका लागि गाउँका

पर्वत । ‘कस्तो आङ्नै जिरिङ् भो । दसैँमा एकपटक भूँइ छोड्नुपर्छ रे, यहीँ भए नि पिङको झल्को मेटियो बाई ।’,

भैरहवा । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले आगामी निर्वाचनमा राजनितिक दलहरुको सहभागिता र क्रियाकलाप अनुशासित, आचारसंहितको पालना गर्दै मनाउन

ताजा समाचार

दसैँ पर्व : हराउँदै मौलिक संस्कृति
 २०७९,आश्विन,१६,आईतवार २०:२३
घरमै यसरी बनाउनुहोस् होटलको जस्तै छोयला
 २०७९,आश्विन,१६,आईतवार १८:३३
दिनमा कति मासु खाने ?
 २०७९,आश्विन,१६,आईतवार १८:००