क्यानका अध्यक्ष र सचिवमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोक नाथ प्याकुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । असोज ६ गते भरतपुरको चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकमा सहभागी भएका चन्द र प्याकुरेललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि दुवै जना एकान्तवासमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?