कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

काठमाडौं । कुटपिट गरी घाइते बनाएको अभियोगमा कीर्तिपुरमा एक जना पक्राउ परेका छन् ।

३३ बर्षीया महिलालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने कैलाली घर भएका ३२ वर्षीय वीरेन्द्र मल्ललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई मल्लले ४ महिना अगाडिदेखि बिवाह गर्छु भनि राखेकोमा गर्भवती भएको थाहा पाएपश्चात ललितपुर नगरपालिका-४ मा कुटपिट गर्दा बच्चा खेर गएको तथा महिला घाइते भएको भन्ने खबर प्राप्त भएपछि खटिएको प्रहरीले मल्ललाई पक्राउ गरेको हो ।

घाइते महिलाको सुमेरु सिटी अस्पताल पुल्चोकमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?