अक्सीजन मेसिन पड्किँदा आईसीयूमा उपचाररत बिरामीको मृत्यु

काठमाडौं । भारतको मध्यप्रदेशको शिवपुरी जिल्लामा लापरवाहीका कारण दुर्घटना भएको छ ।

त्यहाँ रहेको अस्पतालको आईसीयू वार्डमा बुधवार अचानक हाईफ्लो अक्सीजन मेसिन पड्किँदा एक जना उपचाररत बिरामीको मृत्यु भएको हो ।

सिलिण्डर पड्किँदा आगो लागेको र अक्सीजन सप्लाई नभएकोले बिरामीको अक्सीजनको कमीका कारण मृत्यु भएको बताइएको हो ।

मृत्यु हुनेमा ६५ वर्षीय मोहम्मद इस्लामको मृत्यु भएको हो । कोरोना संक्रमणका कारण उनी अस्पतालमा भर्ना भएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?