काठमाडौं । बलिउड डाइरेक्टर अनुराग कश्यपमाथि अभिनेत्री पायल घोषले यौन शोषणको आरोप लगाएकी थिइन् ।
२२ सेप्टेम्बरमा पायलले मुम्र्बको वर्सोवा थानामा उनीविरुद्ध लिखित रुपमा केस दर्ता गराएकी हुन् ।
त्यसपछि पायलको केस दर्ता गरेर पुलिसले अनुराग कश्यपलाई थानामा सोधपुछका लागि बोलाएको छ ।
अहिले उनलाई थानामा राखेर सोधपुछ भईरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनले आफूलाई सन् २०१५ मा यौन शोषण गरेको आरोप कश्यपमाथि लगाएकी छन् । उनले कश्यपलाई गिरफ्तार गर्न र नगरेमा अनसन बस्ने समेत धम्की दिएकी थिइन् ।
अनुरागलाई पुलिसले सोधपुछ पछि पक्राउ गर्न सक्ने बताइएको छ । यदि आरोप पुष्टि भएमा उनलाई प्रहरीले पक्राउ गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया