काठमाडौं । अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा आफ्नो आक्रोश व्यक्त गरेकी छन् ।
देशमा बलात्कारको घटना बढ्दै गईरहेका बेला नेपालमा विभिन्न समयमा गृहमन्त्री बनेका नेताहरुले दिएको बयानमा आक्रोश पोखेकी हुन् ।
उनले बुँदागत रुपमा पूर्व गृहमन्त्री बामदेव गौतमदेखि वर्तमान गृहमन्त्री रामबहादुर थापासमेतले विभिन्न समयमा दिएको बयानमा आक्रोश पोखेकी हुन् ।
उनले मन्त्रीहरुले बलात्कारको केसमा दिएको बयानले इतिहासमा लेखाजोखा हुने समेत बताएकी छन् ।

गृहमन्त्री थापाले हिजो (बुधवार) विश्वका सवा २ सय देशको अवस्था हेर्दा बलात्कारको बिषयमा नेपालले चिन्ता गर्नुपर्ने ठाउँ नरहेको बताएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो आक्रोश व्यक्त गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया