काठमाडौं । बलिउड ड्रग्स केसमा एक पछि अर्को खुलासा भईरहेको छ ।
अभिनेत्रीहरुको नाम जोडिए पछि अब अभिनेताहरु पनि ड्रग्स कनेक्शनमा जोडिइरहेको छन् ।
बलिउडमा अभिनेत्री दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर, रकुल प्रीत सिंहको नाम जोडिएपछि अब अभिनेता शाहरुख खान, रणबीर कपूर, अर्जुन रामपाल र डिनो मोरियाको नाम जोडिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्ने गरेको एनसीबीले बताएको छ ।
डिनो मेरिया भने कोबाट ड्रग्स लिने गर्दथे भन्ने कुरा भने खुलिनसकेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया