डा युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत, बेलायतमा लोकदर्शन रेग्मी

काठमाडौं । सरकारले पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

बिहीवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई अमेरिकी राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा खतिवडाको कार्यकाल सकिएसँगै प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाकारमा नियुक्त गरिएको थियो ।

त्यस्तै आजको बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ ।

भने नयाँ मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरिएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?