आईपीएलमा आज पञ्जाव र मुम्बईबीच प्रतिस्पर्द्धा हुँदै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको १३ औँ म्याचमा किंग्स इलेभन पञ्जाव र मुम्बई इण्डियन्सबीच आबु धाबीमा आज प्रतिस्पर्द्धा हुँदैछ ।

यस सीजनमा अहिलेसम्म भएका १२ म्याचमा दुई खेलमा मात्र सुपर ओभर खेलिएको छ ।

पहिलो सुपर ओभरमा दिल्लीले पञ्जावलाई हराएको थियो ।त्यस्तै दोश्रो सुपर ओभरमा मुम्बईलाई ब्यांलोरले पराजित गरेको थियो ।

अहिलेसम्म यी टिमले ३३ म्याच खेलेका छन् । यसमा दुबै टीमले ११ म्याच जितेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?