काठमाडौं । भारतको बिहारस्थित राजधानी पटनामा भारतीय जनता पार्टी (भाजपा) का नेता राजेश कुमार झा राजु बाबाको गोली हानेर हत्या गरिएको छ ।
बाइकमा सवार रहेका दुई अन्जान व्यक्तिले उनलाई गोली हानेर भागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनलाई बेउर थानाको तेज प्रताप नगरमा सीताराम उत्सव हल नजिकै गोली हानेका थिए ।
उनको कन्चेटमा गोली हानेर हत्या गरिएको बताइएको छ ।
बिहीवार बिहान उनी करिव ६ बजे मर्निङ वाकमा निस्किएका बेला उनीमाथि आक्रमणकारीले गोली चलाएका थिए ।
अहिले प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । उनी मात्र दुई दिन पहिला भाजपामा सामेल भएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया