बीरेन्द्र श्रेष्ठ र मेलिना राईको ‘जाले रुमाल’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक तथा इन्जिनियर बीरेन्द्र श्रेष्ठ र मेलिना राईको आवाजमा रहेको ‘जाले रुमाल’ बोलको म्युजिक भिडियो आज सार्वजनिक गरिएको छ ।

नायक पल शाहको अभिनय रहेको उक्त म्युजिक भिडियोमा शाहको जोडि रियाशा दाहाल रहेकी छिन् ।

उक्त म्युजिक भिडियोमा कार्टुन क्रु का सरोज अधिकारी र आष्मा बिश्वकर्मा छन् । एक पछि अर्को हिट नम्बर दिँदै चर्चामा रहेका गम्भीर बिष्टले उक्त भिडियोको निर्देशन गरेका हुन् ।

निर्देशक बिष्टकै डिजाइनमा यति ठुला स्टार कलाकारहरु को जोडि अनि ठूलो सङ्ख्याका कोरशका साथ उक्त भिडियो होटेल याक एण्ड येतिमा छायाङ्कन गरिएको छ ।

भिडियोमा पल र सरोज लाई दरबारका युबराजको भुमिकामा उतारीएको छ । पहिरन, संवाद र लुक्सले पुरै राजकुमार झल्किने गरि राजकुमारहरुलाई सुहाउदो याक एण्ड येति होटेलको मूख्य तिनवटै हलमा र बाहिर दरवार झल्किने स्थान मा छायांकन भएको छ ।

साङ्गीतिक जगतमा ढिलो आयो कडा आयो भनेर पृथक फिल्डमा आफ्नो ठूलो इमेज बनाएका नेपालका वरिष्ठ जलविद्युत ईन्जिनियर बीरेन्द्र श्रेष्ठको स्वर धेरैले मनपराएका छन् ।

गीत अत्यन्तै मन परेको कारण यस किसिमको भिडियो बनाएको बताउँछन ईनाक्सीका दिपक सापकोटा र राम कडेल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?