काठमाडौं । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आज गजुर प्रतिस्थापन गरिने भएको छ ।
पुनर्निमाणको लागि झिकिएको गजुर पुनर्निमाण पश्चात आज (बिहीवार) राख्न लागिएको हो ।
मन्दिरमा गजुर प्रतिस्थापनपश्चात माछाको भुराहरु समेत छोड्न लागिएको स्रोतले जनाएको छ ।
लामो समयको विवादपछि मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा आज गजुर प्रतिस्थापन गर्न लागिएको हो ।
मन्दिर प्रताप मल्लको पालामा निर्माण गरिएको एतिहासिक बालगोपालेश्वर मन्दिर ग्रन्थकुट (शिखर) शैलीमा बनाइएको थियो । भने लामो विवादपछि उक्त मन्दिर पहिलेकै अवस्थामा निर्माण गरिएको हो ।
२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको रानीपोखरी २०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया