काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले सारा विश्वमा हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।
गत वर्षको डिसेम्बर अन्त्मि साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
यसैबीच बेलायतमा फेरि कोरोना संक्रमितको संख्या बढीरहेको बताइएको छ । जसका कारण स्थानीय स्तरमा लकडाउन गर्ने बताइएको छ ।
इंगल्याण्ड र वेल्समा लगातार दुई हप्ता यता कोरोना संक्रमित र मृतकको आँकडा बढीरहेको छ । इंगल्याण्डको उत्तरी क्षेत्रमा कोरोना संक्रमणको केस बढीरहेको छ । मानिसहरुलाई सोसल डिस्टेन्सिङका साथै भीड कम गर्न बताईएको छ ।
बेलायतमा अहिलेसम्म ४२ हजार १४३ जनाको मृत्यु भएको छ भने ४ लाख ५३ हजार २६४ जनालाई संक्रमण भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया