आज कस्तो रहला मौसम ? यस्तो छ पूर्वानुमान

काठमाडौं –  आज (बिहिबार) देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

हाल बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ। त्यसैको प्रभावले आज बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।

यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?