काठमाडौं । कोलकता नाइट राइडर्सले बुधवार इण्डियन प्रिमियर लीग (आईपीएल) को १३ औँ संस्करणमा राजस्थान रोयल्सको विजयी यात्रालार्य पूर्णविराम लगाएको छ ।
स्टीव स्मिथको कप्तानीमा रहेको राजस्थान रोयल्स टीम लगातार तेश्रो जित निकाल्नबाट चुकेको हो ।
आफ्ना पछिल्ला २ म्याचमा २०० भन्दा धेरै रन बनाएको राजस्थानले यस पटक भने १७५ रनको लक्ष्य पनि जित निकाल्न सकेन ।
उसले निर्धारित २० ओभरमा मात्र १३७ रन ९ विकेट गुमाएर बनायो । कोलकतासँग दिल्ली ३७ रनले पराजित भएको हो ।
दुबई इन्टरनेशनल स्टेडीयममा पहिला ब्याटिङ गर्ने टिम एक पटक फेरि जित्न सफल भयो । उक्त स्टेडियममा अहिलेसम्म ६ म्याच भएका छन् ।
त्यहाँ भएका सबै खेलमा पहिला ब्याटिङ गर्ने टिमले नै जित निकालेको छ ।
टस जितेर कोलकतालाई ब्याटिङको निम्तो दिएपछि नै फ्यानहरुले खेलको नतिना कोलकतालाई सुम्पिएको अड्कल काटेका थिए ।
जसमा नभन्दै त्यहि भयो र अन्त्यमा कोलकताले ३७ रनले राजस्थानलाई पराजित गर्यो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया