कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, जसलाई कुनै दीर्घ रोग थिएन !

काठमाडौं – कोरोना भाइरस ‘कोभिड-१९’ ले सबैभन्दा बढी आक्रमण गर्ने समूहमा ‘दीर्घ रोगी, वृद्धवृद्धा, औषधी सेवन गरिरहेका व्यक्ति, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति, धुम्रपान मद्यपान अत्याधिक गर्ने व्यक्ति पर्दछन् । भनिएको छ ।’ तर धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कुनैपनि दीर्घरोग नभएका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सुनसरी जिल्लाको इटहरी-६ का ५६ वर्षीय ति पुरुषमा कुनैपनि दिर्घ रोग थिएन ।

विराट मेडिकल कलेज विराटनगरबाट कोरोना संक्रमण पुष्टि भएका ति पुरुषमा उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि लगिएकोमा बुधबार राति ९ : ३० बजे मृत्यु भएको हो ।

मृतकको शव व्यवस्थान हुँदैछ । (तस्वीर :अन्तर्राष्ट्रिय सञ्चारमाध्यम )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?