राजस्थानका ८ जना ब्याट्सम्यानले दोहोरो आँकडा छुन सकेनन्, जसकारण हार्यो राजस्थान

काठमाडौं । आईपीएलको १३ औँ सीजनको १२ औँ म्याचमा हिजो कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको छ ।

टस हारेर कोकताले १७५ रनको टार्गेट दिएको थियो ।

जवाफमा राजस्थानले ९ विकेट गुमाएर मात्र १३७ रन मात्रै बनाउन सक्यो । राजस्थानका ८ जना ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

यो सीजनमा राजस्थानको पहिलो हार हो । राजस्थानका टम करण ५४ रनमा नट आउट रहे भने जोस बटलरले २१ र राहुल तवेतियाले १४ रन बनाए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?