अलपत्र महिलाको उद्धार

विराटनगर । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले बुधबार सडकमा अलपत्र एक महिलाको उद्धार गरेको छ ।

सामाजिक विकास मन्त्रीजीवन घिमिरेले मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं १ बाट २१ वर्षीया धना विश्वकर्माको उद्धार गरेका हुन्।

स्थायी ठेगाना बताउन नसक्ने अवस्थामा रहेका उनी एक सातादेखि सडकमा देखिएकाले स्थानीय युवाले मन्त्रालयलाई जानकारी गराएपछि उद्धार गरिएको हो ।

सडकबाट उद्धार गरी जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गरी आइसोलेसनमा राखिएको छ ।

कोरोना परीक्षण रिपोर्ट आएपछि मानव सेवा आश्रममा लैजाने मन्त्रालयले बताएको छ ।

महिलाको उद्धार गर्दै सहयोगापेक्षी मुक्त सडक प्रदेश निर्माण गर्ने अभियानमा सरकार लागि परेको मन्त्री घिमिरेले जानकारी दिए। प्रदेश सरकारले विगत केही महिनादेखि सडक बालबालिका र वृद्धवृद्धाको उद्धार गर्दै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?