कोरोनाको प्रकोप : अमेरिकामा के छ कोरोनाको पछिल्लो २४ घण्टाको अवस्था ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले विश्वमा १० लाख १८ हजार ७३२ जनाको मृत्यु भएको छ भने ३ करोड ४१ लाख ५३ हजार ७५ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ५४ लाख २४ हजार ८४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६५ हजार ८७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख ११ हजार ७४० जनाको मृत्यु भएको छ भने ७४ लाख ४७ हजार २८२ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४६ लाख ९९ हजार ७०६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ३५ हजार ८३६ जना उपचाररत छन् ।

त्यस्तै १४ हजार १९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १५ हजार ९०० जनाको मृत्यु भएको छ भने ८ लाख १९ हजार ५२४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा अहिलेसम्म १६ हजार १३२ जनाको मृत्यु भएको छ भने ७ लाख ८७ हजार २७१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म १४ हजार ३१७ जनाको मृत्यु भएको छ भने ७ लाख ६ हजार ५१६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै अमेरिकामा बुधवार ४० हजार ९२९ जना संक्रमित थपिएका छन् भने ९५५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?