काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले विश्वमा १० लाख १८ हजार ७३२ जनाको मृत्यु भएको छ भने ३ करोड ४१ लाख ५३ हजार ७५ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ५४ लाख २४ हजार ८४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६५ हजार ८७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ९८ हजार ७०८ जनाको मृत्यु भएको छ भने ६३ लाख १० हजार २६७ जना कोरोना संक्रमित रहेका छन् ।
त्यस्तै ३२ लाख ७० हजार ७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ लाख ४१ हजार ५५२ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बुधवार मात्रै ८६ हजार७४८ जना संक्रमित थपिएका छन् भने १ हजार १७९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया