नेपाल-चीन सीमासम्बन्धी सूचना माग

काठमाडाैँ । राष्ट्रिय एकता अभियानका संयाेजक विनय यादवले सिमानाकाे विषय उल्लेख गरेर सूचना माग गरेका छन्। उनले अध्ययन प्रयाेजनाका लागि नापी विभागबाट सूचना माग गरेका हुन्।

यादवले नापी विभागमा दर्ता गराएकाे निवेदनमा नेपाल-चीन स्थित २ देशकाे सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ काे जीपीएस काेर्डिनेट कति हाे?, नेपाल-चीन सीमामा रहेका सीमा स्तम्भहरूकाे जीपीएस काेर्डिनेट अभिलेख गर्ने काम कुन मितिमा सम्पन्न भएकाे हाे? र नेपाल-चीन सीमा स्तम्भहरूकाे पछिल्लाे सुपरीवेक्षण कुन मितिमा भएकाे थियाे भन्ने जानकारीकाे साथै प्रतिवेदन माग गरिएकाे छ।

त्यस्तै निवेदनमा सीमा स्तम्भहरूकाे सुपरीवेक्षणअनुसार कुन कुन सीमा स्तम्भ भेटिएकाे भन्ने जानकारी माग गरिएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?