काठमाडौं । तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको लागि बुधवार टनेल प्याकेज १ र २ को लागि आह्वान गरिएको प्रि-क्वालिफिकेशनसम्बन्धी बोलापत्र खोलिएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधवार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।
जस अनुसार ईपीसीको छोक्रेडाँडादेखि धेद्रेखोलासम्मको लागि कुल २१ वटा कम्पनीहरुले बोलपत्र दाखिला गरेका छन् भने धेद्रेखोलादेखि लेनडाँडासम्मको कार्यका लागि कुल २२ वटा कम्पनीहरुले बोलपत्र दाखिला गरेको निर्देशनालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया