९ चैत्र २०७९, बिहीवार

दशैंको मुखैमा यात्रु बस दुर्घटना, एकको मुत्यु, घाईतेको उपचार हुँदै

२०७४,आश्विन,१०,मंगलवार १५:१०

9
Shares

धुलिखेल, १० असोज ।काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ शिखर आम्बोटेमा आज साँझ यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बनेपाबाट साझाकोटतर्फ जाँदै गरेको बा ३ ख ३२१५ नं को बस दुर्घटनामा परी बसका सहयोगी नमोबुद्ध नगरपालिका–९ दाप्चा बस्ने २० वर्षीय रेवन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीराज थपलियाले जानकारी दिए ।दुर्घटनामा परी घाइते भएका बसका चालक महाभारत गाउँपालिका बूढाखानीका ३६ वर्षीय मानबहादुर लामालाई उपचारका लागि धुलिखेल ल्याइँदै गरेको प्रहरीले जनाएको छ । बसका सहचालक फरार रहेकोले खोजी भइरहेको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए । सो बसमा तीन जना मात्र सवार रहेको प्रहरीले जनाएको छ ।यसैबीच, आजै बिहान सोही वडाको निङ्गाले भन्ने स्थानमा बोलेरो दुर्घटना हुँदा सात जनाको मृत्यु हुनका साथै ११ जना घाइते भएका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,१०,मंगलवार १५:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने बताएका छन् । नेपाली

काठमाडौं । शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा

काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन भएका छन् । नेपाल उद्योग परिसंघको गभर्निङ काउन्सिल समितिले

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु ६३ लाख बराबरको सहयोग सामग्री हस्तान्तरण गरेको छ । सामाजिक

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००