खड्का निर्णायकमा छनोट

काठमाडौं । विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि नेपालका अशोक खड्का अन्तर्राष्ट्रिय निर्णायकका रुपमा छनोट भएका छन् । युएस वल्र्ड क्लास तेक्वान्दो संघको आयोजनामा आगामी अक्टोबर १० देखि १८ तारिखसम्म सञ्चालन हुने उक्त तेक्वान्दो महोत्सवका लागि खड्का निर्णायक मण्डलमा छानिनु भएको हो । विश्वभरबाट पाँच जना छनोट गरिएकामा एशियाबाट छनोट हुने खड्का एक्लो निर्णायक हुन् ।

छनोट हुने अन्य निर्णायकमा अमेरिकाका क्यारोलिना मार्क, ब्राजिलका एन्ड्रे ओलिभिरा, क्यानाडाका जिन लि र मेक्सिकोका लुक क्याम्पबाङे रहेको निर्णायक खड्काले जानकारी दिए । यसअघि पान अमेरिकन तेक्वान्दो युनियनको आयोजनामा भएको कोभिड १९ भर्चुअल तेक्वान्दो प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । निर्णायकको भूमिका निर्वाह गरेवापत उनले दैनिक एक सय अमेरिकी डलर पारिश्रमिक पाउनेछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?