भारत बंगलादेश द्धिपक्षीय बैठक लाभदायक : बंगलादेशका विदेशमन्त्री

ढाका । बंगलादेश र भारतबीचको द्धिपक्षीय वार्ता लाभदायक भएको बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले बताएका छन्। उनले हालै भारतका विदेशमन्त्रीसँग भएको द्धिपक्षीय वार्ता आपसी हितमा भएको र दुवै पक्षका लागि लाभदायक भएको बताएका हुन् ।

बंगलादेश र भारतकाबीच जोइन्ट कन्सल्टेटिभ कमिटि (जेसिसि) बैठक भएको थियो । बंगलादेशका लागि भारतका उच्च कमिसनर रिभा गांगली दाशले यी दुई देशकाबीचमा कार्यरत उक्त जेसीसीको बैठक सम्पन्न भएको बताए।

यस बैकठ बंगलादेशका विदेशमन्त्री एके मोमिन र भारतका विदेशमन्त्री एस जयशंकरबीच भएको थियो । सो बैठक दुवै पक्षका लागि लाभदायक रहेको र आपसी हित र आवश्यक अन्य द्धिपक्षीयका विषयमा खुलेर कुराकानी भएको उच्च कमिसनर रिभाले बताए ।

उनले दुवै देशबीचमा रहेको सीमा सम्बन्धी मुद्धाहरु आपसी हितमा शान्तिपूर्ण वार्ताका माध्यमबाट टुंग्याउने बारेमा सहमति भएको पनि जानकारी दिए । यस जेसीसी बैठक बंगलादेश र भारतकाबीचमा हरेक वर्ष हुने गर्दछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?