भोलिबाट सुपथ मूल्यको पसल खोलिँदै, के-को मूल्य कति ? (विवरणसहित)

काठमाडौं । दशैँ,तिहार र छठ पर्वलाई मध्यनजर गर्दै सरकारले भोलि (बिहीवार) बाट सुपथ मूल्य पसल खोल्ने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल शुरु गरिने भएको हो।

 

अनलाइन अर्डरमार्फत पनि सुपथ मूल्य पसलका सामग्री खरिद गर्न सकिने व्यवस्था रहेको छ । सुपथ मूल्य पसलका सामग्री काठमाण्डौ उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, थापाथली, नख्खु, प्रयाग पोखरी, जावलाखेल र भक्तपुरका साथै देशभरका ४९ ठाउँमा खोलिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै दुग्ध विकास संस्थानले पनि आफ्ना सबै कार्यालय र बिक्री केन्द्रबाट सुपथ मूल्यमा दुग्धजन्य वस्तुको बिक्री गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?