धुलिखेल-काठमाडौं विद्युतीय बस सञ्चालनमा

बनेपा । काठमाडौंदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म आजबाट विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ । धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिले सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतीय बसले आजबाट धुलिखेल–काठमाडौं सेवा दिन थालेको हो ।

No description available.

नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा आएको सो बस पहिलो चरणमा चारवटा मात्रै गुडेको नगरप्रमुख अशोक ब्याञ्जुले बताए । उनले भने, “अबको केही दिनमा ३२ वटा बस सञ्चालनमा आउने छन् ।” प्रदेश सरकारको आर्थिक सहयोगमा धुलिखेलमा तीन रोपनी जग्गामा चार्ज स्टेशन बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।

बस सञ्चालनमा आएपनि भाडा दरको भने अझै टुङ्गो लागेको छैन । यस विषयमा छिट्टै निर्णय गर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले अन्य बस सेवाको भन्दा भाडादर सस्तो हुने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?