जनरल इन्स्योरेन्सको आइपिओ आवेदनमा रेकर्ड ब्रेक

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ)मा हालसम्मकै उच्च आवेदन परेको छ ।

अन्तिम दिन बेलुका ५ बजेसम्ममा ८ लाख १२ हजार ३ सय ४० जना आवेदकले २ अर्ब २५ करोड २६ लाख ४१ हजार रुपैयाँ बराबरको २ करोड २५ लाख २६ हजार ४ सय १० कित्ताको लागि आवेदन दिएको सीडीएसले जानकारी दिएको छ । यो माग भन्दा ८.२५ गुणा बढी आवेदन हो । अन्तिम तथ्यांक आउन बाँकी भएकाले थोरै तलमाथि हुन सक्ने पनि सीडीएसले जनाएको छ ।

कम्पनीले असोज ११ गते आइतबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?