अनसनरत डा केसीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । १७ दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै गएको त्रिवि शिक्षण अस्पतलाले जनाएको छ ।  त्रिवि शिक्षण अस्पतलाका अनुसार डा केसीको रगतमा चिनीको मात्रा र सिरम इलेक्ट्रोलाइट्स निकै कम भइसकेकाले उनको जीवन नै खतरामा परेको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै डा केसीलाई कुनै पनि बेला मुटु र स्नायुसम्बन्धी समस्या आउनसक्ने बताएको छ । डा केसीलाई आइसीयूमा राखी निगरानी र उपचार व्यवस्था गर्नुपर्ने अवस्था भए पनि उनले सामान्य सलाइन लिन बाहेक अरु केही पनि नमानेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्ति:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?