सार्क महासचिव सियालद्वारा समवेदना

काठमाडौँ, २९ फागुन – दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद हुसेन बी सियालले सोमबार काठमाडौँमा भएको युएस–बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन ।महासचिवले सार्क सचिवालयका तर्फबाट नेपाल र बंगलादेशका परराष्ट्र सचिवलाई आज बेग्लाबेग्लै समवेदना सन्देश पठाउँदै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन ।बंगलादेशको ढाकाबाट काठमाडौँका लागि उडेको युएस–बंगला विमान सोमबार अपराह्न अवतरणका क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो ।उक्त दुर्घटनामा नेपाली र बंगलादेशी नागरिक गरी ५१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?