काठमाडौं – सहयोगीमा कोरोना संक्रमण देखिएपश्चात् सेल्फ क्वारेन्टाईनमा बसेका प्रधानसेनापति पूर्णचन्द्र थापाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ।
गएको आइतबारदेखि सेल्फ क्वारेन्टाईनमा रहेका थापाको रिपोर्ट नेगेटिभ आएको सैनिक प्रवक्ता, सहायकरथी सन्तोष बल्लभ पौडेलले बताएका छन् ।
प्रधानसेनापतिको शशिभवनस्थित निवासको भान्छामा कार्यरत एकजना सैनिकमा गएको शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनी क्वारेन्टाईनमा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया