७ चैत्र २०७९, मंगलवार

प्रधानमन्त्री देउवा र ओमनका मन्त्रिपरिषद्का अध्यक्षबीच भेटवार्ता

२०७४,आश्विन,१०,मंगलवार १५:०४

0
Shares

भीष्मराज ओझा / ओमन, १० असोज ।प्रधानमन्त्री शेरबहादुर देउवा र ओमन सरकारका मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइदबीच उच्चस्तरीय भेटवार्ता भएकोे छ ।देवान अफ रोयल कर्ट राजदरबारमा आज भएको सो भेटमा द्विपक्षीय आपसी हित र सम्बन्धका बारेमा कुराकानी भएको भेटवार्तामा सहभागी प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।भेटमा दुई देशबीच सहयोग तथा सम्बन्ध विस्तार गर्ने र सहयोगका क्षेत्र कसरी पहिचान गर्ने, पर्यटन, सांस्कृतिक आदानप्रदानलगायत विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री देउवाले नेपालले संयुक्त राष्ट्रिय संघीय मानव अधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको अवगत गराउँदै सहयोगका लागि ओमन सरकारसँग आग्रह गरेको डा भट्टराईले बताए ।प्रधानमन्त्री देउवाले नेपालमा राजनीतिक स्थायित्व हुँदै गएको र लगानीको उचित वातावरण बनेकाले नेपालमा लगानीका लागि आग्रह गरेका थिए भने ओमनका मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइदले त्यसमा आफू सकारात्मक रहेको धारणा व्यक्त गरेका थिए ।नेपाल र ओमन सरकारबीच परराष्ट्र मन्त्रालयस्तरमा आपसी सरसल्लाह गर्न कूटनीतिक संयन्त्र बनाउने विषयको सम्झौतामा बुधबार हस्ताक्षर हुने बताइएको छ । भेटमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगार मन्त्री फरमुल्ला मंसुर, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला, सल्लाहकार डा भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी र ओमनस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकाल सहभागि थिए ।त्यस्तै ओमन सरकारका तर्फबाट मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइद, वाणिज्य र उद्योगमन्त्री डा अली अल सुनैदे, मानव संशाधन मन्त्री सेख अब्दुल्ला नासेर अल बाक्री, शिक्षा मन्त्री डा मदिह अहमद अल सैबानिया, सामान्य प्रशासन (सिभिल सर्भिस) मन्त्री सेख खालिद ओमर अल मर्हूनलगायत थिए ।प्रधानमन्त्री देउवा संयुक्त राष्ट्रसङ्घको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्सको अबुधाबी हँुदै सोमबार ओमन पुगेका हुन । प्रधानमन्त्री देउवाको तीनदिने ओमनको कार्यक्रमलाई ओमन सरकारले औपचारिकता दिएको छ ।प्रधानमन्त्री देउवालाई मस्कट विमानस्थलमा ओमनका मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइदलगायत मन्त्रीले स्वागत गरेका थिए । विमानस्थलमा प्रधानमन्त्री देउवालाई रोयल ओमन प्रहरीले गार्ड अफ अनरद्वारा सम्मान अर्पण गरेको थियो ।प्रधानमन्त्री देउवाले आजै ग्राण्ड सुल्तान मस्जिद, राष्ट्रिय संग्राहालय, रोयल ओपेरा हाउसको अवलोकन गर्नुभएको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,१०,मंगलवार १५:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६