ई-सेवाले पायो आइएसओ २७००१ः २०१३ मान्यता प्राप्त प्रमाणपत्र

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ई-सेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ ।

आइएसओ प्रमाणपत्र प्राप्त भएसँगै एक दशक भन्दा लामो समयदेखि मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको ई सेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरिय, सुरक्षित एवं विश्वस्तरिय छन् भन्ने कुराको पुष्टि गरेको कम्पनीले जनाएको छ ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाका अनुसार इसेवाले स्थापनाकाल देखी नै सूचना प्रणाली , गोपनियता र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएका छ । इसेवाले टेक्नोलोजीमा आधरित व्यवसाय सञ्चालन गरिरहेकोले अझ बढी संवेदनशील भएर विश्वस्तरिय सुरक्षा मापदण्डहरु अपनाउदै आएको जानकारी दिएका छन् ।

आइएसओ २७००१ः२०१३ (हालको संस्करण) संसारमा सबैभन्दा विश्वसनिय सूचना सुरक्षा व्यवस्थापन मापदण्ड जाच्ने एउटा महत्वपूर्ण आधारको रूपमा मानिन्छ । कुनै पनि कम्पनीको सूचना सुरक्षा व्यवस्थापनको मजबुतीलाई जाच्ने मूख्य आधार नै आइएसओलाई चिनिन्छ ।

नेपालमा डिजिटल भुक्तानीको व्यवस्थाको थालनी गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवामा हाल खाता खोल्नेको संख्या ३५ लाख भन्दा बढि रहेको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने सरकारको अभियानमा ठूलो योगदान दिन सफल भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?