काठमाडौं, ललितपुर र भक्तपुरसहित यी ८ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार २०५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमका अनुसार नेपालका ८ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ८ जिल्ला

  • काठमाडौं
  • ललितपुर
  • भक्तपुर
  • सिरहा
  • चितवन
  • मोरङ
  • रुपन्देही
  • सुनसरी

यस्तै बितेको २४ घण्टामा थप १ हजार ५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ । यो कुल संक्रमितको ७२.५ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ८०४ जना र संस्थागत आईसोलेसनमा १० हजार ८७ जना छन् । तिमध्ये २०१ जना संक्रमितको आईसियु र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ५ हजार ४२८ जना रहेका छन् ।

डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४९८ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ७ जनाले ज्यान गुमाएका छन् ।

हिजो (मंगलवार) नेपालमा १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको थियो । ७३१ जना संक्रमणमुक्त भएका थिए भने १० जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?