लकडाउनमा मुकेश अम्बानीले हरेक घण्टा कमाए ९० करोड !

काठमाडौं । कोरोना संक्रमण कालमा आर्थिक गतिविधि ठप्प भएका बेलामा रिलायन्स इण्डस्ट्रिजका चेयरम्यान मुकेश अम्बानीले भने मार्चमा लकडाउन लागू भएपछि प्रति घण्टा ९० करोडको रुपैयाँ कमाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

इण्डिया रिन लिस्ट २०२० मा अम्बानी लगातार नौ वर्षसम्म शीषए स्थानमा रहेका छन् ।उनको कुल आय ६ लाख ५८ करोड ४०० भारतीय रुपैयाँ छ ।

उनको बितेको वर्षको सम्पत्ती २ लाख ७७ हजार ७०० रुपैयाँ थियो । उनी एशियाका सबैभन्दा धनी तथा विश्वका ४ औँ धनी व्यक्ति हुन् ।

बितेको एक वर्षमा उनको सम्पत्ती ७३ प्रतिशतले वृद्धि भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?