एसिडमा कडा कानून : आक्रमणमा परेकी मुस्कान खातुनले लेखिन् – प्रधानमन्त्रीज्यू धन्यवाद् !

काठमाडौं – सरकारले अध्यादेशमार्फत कानून संशोधन गरी एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिबानाको व्यवस्थासहित विभिन्न संशोधन गरेपछि नागरिकमा अब एसिड आक्रमणका घटनामा कमी आउने विश्वास देखिन्छ । त्यसैले प्रशंसनिय काम गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैले धन्यवाद् दिईरहेका छन् ।

यसैबीच स्कुल जाने क्रममा बाटोमा एसिड आक्रमणमा परेकी किशोरी मुस्कान खातुनले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद् दिएकी छिन् । उनले लेखेकी छिन् :

मैले महिनौ एसिडको जलनले अस्पतालको शैयामा तडपि रहेको बेला उता आक्रमण गर्ने अपराधी लाई थुनामुक्त गर्ने चलखेल भइरहेको सुन्दा मन पोल्थ्यो । मैले आफ्नो अनुहारको दागमा महल लगाउदै एउटा सकंल्प गरेको थिएँ । यो देशको कानून परिवर्तन गर्नेछु । यस्तो कानून बनाउने लागिपर्नेछु कि जो कोहि पनि भविष्यमा कसैले पनि फेरि एसिड प्रहार गर्ने साहस नगरोस्। एक बर्ष देखिको संघष पश्चात् सम्माननीय प्रधानमन्त्री ज्युलाई भेट्ने अवसर प्राप्त भयो । मैले कानुन संसोधन गर्ने अनुरोध गर्ने उहाँ मेरो अनुरोध स्वकार्नु भयो । १५ दिन पछि आज एसिड आक्रमण विरुद्द सरकारले अध्यादेश जारी भएको छ । एसिड आक्रमण गर्ने व्यक्तिलाई २० बर्ष जेल र १० लाख जरिवाना हुने कानून बनेको छ । सम्माननिय प्रधानमन्त्रीजयूलाई धेरै धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?