बाबुरामले खुल्लामञ्चमा सर्वसाधारणलाई खाना खुवाए

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी,नेपालका बरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले आज (बुधबार) काठमाडौंको खुलामञ्चमा पुगेर खाना बाँडेका छन्।

आज  बिहान खुल्लामञ्च (पुरानो बसपार्कस्थल) पुगेर नेता भट्टराईले सर्वसाधारणलाई खाना खुवाएका हुन् ।

कोरोना महामारीबाट जोगिन नेपाल सरकारले गत वर्ष चैत्र १२ गतेबाट जारी गरेको लकडाउन र त्यसपछिको निषेधाज्ञासँगै जोर बिजोर प्रणालीका कारण पेट भर्न समस्या भएका व्यक्तिहरुलाई खुल्लामञ्चमा हाम्रो टिम नेपाल, क्रियटिभ एसोसियसन, गसिप क्वीन, हाम्रो सानो प्रयास लगायतका संस्थाले खाना खुवाइँदै आईरहेका छन् । प्रवासमा बस्ने नेपालीहरुले पनि यी संस्थालाई आर्थिक सहयोग गरिरहेका छन् ।

सो टिमसँगै मिलेर डा. भट्टराईले करिब आधा घण्टा सर्वसाधारणलाई खाना बाँडेका थिए । खाना बाँड्दा उनले केहिबेर सर्वसाधारणहरुसँग पनि कुराकानी गरेका थिए ।भट्टराईसँगै पत्नी हिसिला यमी पनि खुलामञ्च पुगेकी थिइन्।

(सबै तस्वीर सामाजिक सञ्जालबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?