औषधि व्यवस्था विभागले प्रतिबन्ध लगायो यी दुई सेनिटाईजर, ‘तुरुन्तै बजारबाट फिर्ता लैजान’ निर्देशन

काठमाडौं – औषधि व्यवस्था विभागले गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने दुई ब्राण्डको बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन जारी गरेको छ ।

विभागले आज (बुधबार) एक सूचनामार्फत् सेफ ह्याण्ड २०० एमएल र ह्याण्ड रब इन्स्ट्यान्ट ह्याण्ड स्यानीटाइजर १ लिटरको परीक्षणका क्रममा न्यून गुणस्तर रहेको पाइएकाले प्रतिबन्ध लगाइएको जनाएको छ ।

कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमणबाट जोगिन अनिवार्य समय समयमा साबुनपानीले मिचिमिची हात धुन र यदि साबुन पानीको उपलब्धता नभए सेनिटाईजरको प्रयोग गर्न सरकारले सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?