विद्यालय खोले ‘संक्रामक रोग ऐन २०२०’ बमोजिम कारवाहि गर्ने नुवाकोट प्रशासनको चेतावनी

काठमाडौं – नुवाकोट जिल्लाका विभिन्न पालिकामा समुदायस्तरमा कोरोना भाइरस ‘कोभिड- १९’ को जोखिम देखिएको भन्दै प्रशासनले एक सूचना जारी  गरी हाललाई पठनपाठन नगराउन अनुरोध गरेको छ ।

हालसम्म कोरोना भाइरसबाट १३१ जना संक्रमित रहेको र तिमध्ये १५ जना सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले भविष्यमा समुदायमा कोरोना फैलनसक्ने उच्च जोखिमलाई मध्येनजर गर्दै अर्को सूचना नआएसम्म विद्यालय क्याम्पस सबैमा पठनपाठन नगराउन अनुरोध गरेको हो ।

सूचनामा जिल्लाका विभिन्न पालिकामा अवस्थित कतिपय सामूदायिक, संस्थागत विद्यालयले यसअघि जारी भएका निर्देशिका विपरीत प्रत्यक्ष सिकाई विधी अवलम्बन गरी नेपाल सरकारको गत ५ /२९ गतेको निर्णय विपरीतका संचालनको प्रयास भएको बुझिन आएको उल्लेख गर्दै सामूदायिक तथा संस्थागत विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गए सो को जिम्मेवारी विद्यालयमै रहने र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाहि हुने व्यहोरा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना : 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?